दक्षिण कोरियामा थप ६२ हजार कोरोना सङ्क्रमित

<span class='c1'>दक्षिण कोरियामा थप ६२</span> <span class='c2'>हजार कोरोना सङ्क्रमित</span>

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।

केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थिय।

अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्