अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

<span class='c1'>अखिल क्रान्तिकारीको तीन</span> <span class='c2'>महिने अभियान सुरु</span>

विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ ।
माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ ।

जसअनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको पहिलो, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथा इलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशका उपाध्यक्षहरु क्रमशः शंकर तिम्सिना, मनिषा आचार्य, योगेश भट्टराई र खेम रणपहेलीले इन्चार्जको भूमिका निर्वाह गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

अभियानको क्रममा विद्यार्थीमा श्रम संस्कृति विकास गर्न विद्यालय, क्याम्पसका कक्षा, खेलमैदान, बगैंचा, धारा, शौचालय सरसफाइ गर्ने, सीप, श्रम, उत्पादन र आम्दानीसँग जोडिने शिक्षाबारे छलफल, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम गर्ने, विज्ञान प्रविधि साक्षरताका लागि विज्ञान प्रविधिसँग सम्बन्धीत विभिन्न कार्यक्रम गर्ने, भदौ मसान्तसम्ममा ५० हजार अखिल क्रान्तिकारीको नयाँ सदस्यता विस्तार गर्ने, १५ दिनभित्र प्रदेशको १३७ वटै स्थानीय सरकार र ७ दिनभित्रमा प्रदेश सरकार समक्ष शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविका सम्बन्धी ध्यानाकर्षण गराउन माग पत्र पेश गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

माग पत्रमा अखिल क्रान्तिकारीले शिक्षामा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्ने, रिक्त रहेको शिक्षक दरबन्दी पुरा गर्न माग गर्ने, हरेक पालिकामा एउटा व्यवस्थित आवासीय माध्यामिक विद्यालय सञ्चालन गर्न माग गर्ने लगायतका विषय रहने अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष हेमन्त राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्