विराटनगर । जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत विराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समुहको प्रहरी टोलीले बुधबार दिउँसो परियारलाई धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका परियारलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।