मोरङको कदमाहमा सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>मोरङको कदमाहमा सीटी सफारी चार्ज गर्ने</span> <span class='c2'>क्रममा करेन्ट लागेर एक जनाको मृत्यु</span>

मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ । सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर धनपालथान गाउँपालिका–७ कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साँझ ६:३० बजेतिर करेन्ट लागेर मण्डल गम्भीर घाइते भएकी थिइन् ।  उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले साँझ ७:४५ बजेतिर मृत घोषित गरेको श्रेष्ठले बताए । उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्