निर्वाचन खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय बढी उम्मेदवारलाई कारबाही सुरु

<span class='c1'>निर्वाचन खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४</span> <span class='c2'>सय बढी उम्मेदवारलाई कारबाही सुरु</span>

स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सयभन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका ८०७ उम्मेदवारमध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण नबुझाउने ४३१ जना उम्मेदवारविरुद्ध आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।

एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा पटकपटक ताकेता गर्दा समेत खर्च विवरण बुझाउन अटेरी गरेकाले प्रस्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिए। उनीहरूलाई भाद्र ७ सम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

अहिलेसम्म विवरण नबुझाउनेमा सोलुदुधकुण्ड नगरपालिकाका १ सय १५, थुलुङदुधकोसी गाउँपालिकाका ५१, महाकुलुङ गाउँपालिकाका ५३, लिखुपिके गाउँपालिकाका ५६ र माप्य दुधकोसी गाउँपालिकाका ४३ जना छन्।

सोताङ गाउँपालिकाका ३५, नेचासल्यान गाउँपालिकाका ४५ र खुम्बु पासाङल्हमु गाउँपालिकाका ३३ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण बुझाएका छैनन्। चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्