एप्पलका उपकरण अपडेट गर्न कम्पनीको आग्रह

एप्पलका उपकरण अपडेट गर्न कम्पनीको आग्रह

एप्पल कम्पनीले आफ्ना उपभोक्ताहरूलाई सुरक्षा गडबडीलाई रोक्नका लागि आइफोन, आइप्याड र म्याक उपकरणहरूमा अपडेट गर्न अनुरोध गरेको छ । अन्यथा ह्याकरहरूले दुःख दिनसक्ने एप्पलले चेतावनी पनि दिएको छ ।

एप्पलले आफूले उपलब्ध गराएको नयाँ सफ्टवेयरले महत्वपूर्ण सुरक्षा अद्यावधिक गर्ने भन्दै सम्पूर्ण प्रयोगकर्तालाई त्यसको सिफारिस गरेको छ ।

एप्पलका प्रविधि विशेषज्ञहरूले सुरक्षा गडबडीबाट प्रभावित उपकरणहरूमाथि ह्याकरहरूले पूर्ण नियन्त्रण पाउन सक्ने बताएका छन् ।

आइफोन ६ एस, त्यसपछिका उत्पादन, आइप्याड प्रो, आइप्याड एयर २ र त्यसपछिका उत्पादन र आइप्याड फिफ्थ जेनेरेसन र त्यसपछिका संस्करणका लागि अपडेट उपलब्ध गराइएका छन् ।

अपडेट आइप्याड मिनी ४ र पछिल्ला संस्करण तथा आइपोड टच (सेभेन्थ जेनेरेसन) लाई पनि उपलब्ध गराइएको छ । म्याकओएस मोन्टेरी चलाइरहेका म्याक प्रयोगकर्ताहरूलाई पनि अपडेट गराउन सल्लाह दिइएको छ ।

एप्पलले ह्याकरहरूले एप्पल वेव ब्राउजर सफारीलाई पावर प्रदान गर्ने इन्जिन अर्थात् वेबकिटभित्र छिर्न सुरक्षा प्रणालीको गडबडीलाई प्रयोग गर्ने गरेको बताएको छ ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्