जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

<span class='c1'>जापानका प्रधानमन्त्रीलाई</span> <span class='c2'>कोरोना सङ्क्रमण</span>

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ ।

मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

उहाँलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् ।

कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उहाँको सचिवालयले जनाएको छ । उहाँ आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्नु हुने भएको छ । उहाँले कोरोना भाइरस विरुद्धको चौथो पटकको खोप पनि लगाइसक्नु भएको थियो ।

जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ ।
त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरु कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्