खप्तड लघुवित्तकाे आईपीओ खुल्यो

<span class='c1'>खप्तड लघुवित्तकाे</span> <span class='c2'>आईपीओ खुल्यो</span>

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ ।

इच्छुक लगानीकर्ताले सस-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्