झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

झापाबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा । लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतीय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलमालाई मंगलवार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ ।

लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्