सुनसरीबाट श्रीमतीको हत्या गरी फरार ब्यक्ति ४ बर्ष पछी पक्राउ

सुनसरीबाट श्रीमतीको हत्या गरी फरार ब्यक्ति ४ बर्ष पछी पक्राउ

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्