झापाबाट प्रतिबन्धित लागुऔषध सहित एकजना पक्राउ

<span class='c1'>झापाबाट प्रतिबन्धित लागुऔषध</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

विराटनगर । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बेलुका करिब ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्