प्रदेशको विकासमा वैदेशिक लगानी आवश्यक छ

प्रदेशको विकासमा वैदेशिक लगानी आवश्यक छ

विराटनगर । प्रदेशको विकासमा वैदेशिक लगानी महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् ।

प्रदेश विकासमा बैदेशिक लगानी संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले बैदेशिक लगानी प्रदेशको विकासका लागि महत्वपूर्ण भएको बताएका हुन् । कार्यक्रममा आर्थिक विज्ञ महेश दाहालले प्रदेश १ मा बैदेशिक लगानी भित्राउनका लागि थुप्रै अवसरहरू भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले दुई ठूला देशलाई जोड्न सक्ने छोटो बाटो प्रदेश १ मा सञ्चालनमा ल्याएर यस क्षेत्रमा बैदेशिक लगानी आकर्षित गर्न सकिने भए पनि त्यसो गर्न नसकिएको बताउनुभयो । उहाँले नेपालका दुईवटा ठूला छिमेकी देशहरू भारत र चीन भए पनि दुवैको स्वार्थ अलग भएकाले बुद्धिमतापूर्ण आर्थिक कुटनीतिको प्रयोग आबश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद उमिता वरायलीले संघीय कानुनले नै काम गर्ने भएकाले प्रदेशमा छुट्टै कानुन आवश्यक नरहेको बताउनुभयो । विराट व्यापार संघका पूर्व अध्यक्ष सुजन थापाले सरकारको नीति अस्थिर हुँदा लगानीकर्ताको विश्वास जित्न नसकेको त्याहि कारण बैदेशिक लगानी प्रयाप्त भित्रन नसकेको बताउनुभयो । उहाँले सरकारले सीमित व्यवसायीको स्वार्थ अनुकुल अधिकाँशलाई असर गर्नेगरी कानुन निर्माणगर्दा नेपालको उद्योग व्यवसायको क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरेलिजमले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का उद्योगी, व्यवसायी, सांसद, सुरक्षा निकायका प्रतिनिधि प्राध्यापक, आर्थिक क्षेत्रका विज्ञ, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरूको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्