बङ्गलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार

बङ्गलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार

बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ ।

हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको सङ्ख्या ४०,००० पुगेको छ । यो सङ्ख्या १० वर्षअघिको तुलनामा आधा रहेको स्वास्थ्यमन्त्री जाहिद मालेकले बताएका छन् । "दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८०,००० जनाको मृत्यु हुने गर्दथ्यो। यो अहिले ४०,००० मा झरेको छ," जाहिद मलेकले बुधबार एक कार्यशालामा उल्लेख गरेका छन् । उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् ।

क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१-२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताएका छन् । "यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड-१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ।

'यो अवस्था धेरै चिन्ताजनक छ। मृत्युदर शून्यमा पु¥याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ,’ उनले भने । उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् । "हामीले बङ्गलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं। हामीले देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं। हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छौं" उनले भने । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्