धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता

धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता

धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा पाँच सय १६ वटा उद्योग र एक सय ६१ वटा व्यवसाय दर्ता भएका हुन् । गत आर्थिक वर्षमा दर्ता भएका पाँच सय १६ वटा उद्योगसँगै धनकुटामा उद्योगको संख्या तीन हजार आठ सय ३७ पुगेको छ । त्यस्तै, व्यवसायको संख्या एक  हजार ६ सय ५४ पुगेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताए ।

उद्योग, वाणिज्य, फर्महरू दर्ताबाट एक वर्षमा कार्यालयले ३५ लाख ४३ हजार नौ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ तीन सय १६ वटा उद्योग दर्ता भएका छन् । त्यसैगरी, पर्यटनतर्फ ४८ वटा, सेवामूलक ४७ वटा, उत्पादनमूलक २४ वटा र सूचना प्रविधितर्फ एउटा उद्योग दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा दर्ता भएका नयाँ उद्योग तथा व्यवसायसँगै धनकुटामा दर्ता भएका उद्योग तथा वाणिज्य फर्महरूको संख्या पाँच हजार चार सय ९१ पुगेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा कार्यालयले २१ वटा सीप विकास तालिम सञ्चालन गरी तीन सय ६१ जनालाई सीप प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्