लिबियामा भएको पछिल्लो झडपमा परेर बाह्रको मृत्यु, सतासी जना घाइते

लिबियामा भएको पछिल्लो झडपमा परेर बाह्रको मृत्यु, सतासी जना घाइते

लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ ।

शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्