विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्षीय करण तामाङ, ३३ बर्षीय प्रतिक सुब्बा र ४१ बर्षीय अमर राई तथा धरान-१५ का २८ बर्षीय शिसिर श्रेष्ठ र ईटहरी -५ का ३६ बर्षीय अमित मगरलाई शनिवार लागुऔषध सहित पक्राउ गरेको हो । तामाङ, सुब्बा, कोईराला र राईलाई धरान-१५बाट प्रहरीले पक्राउ गरेको हो भने श्रेष्ठ र मगरलाई धरान-१० बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्रामोल-५०, २ हजार ट्याब्लेट, स्पासपेन १२५० ट्याब्लेट र गाँजा १ केजी तथा नगद एक लाख १३ हजार समेत बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।