प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १

<span class='c1'>प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउँदै नेपाल उद्योग</span> <span class='c2'>वाणिज्य महासंघ प्रदेश नं १</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ र द एशिया फाउण्डेशन नेतृत्वको प्राविधिक सहायता समुहबीच आइतबार एक समझादारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेशका लगानी प्रवद्र्धन, आर्थिक बृद्धि, आन्तरिक र वाह्यव्यापार, सार्वजनिक निजी साझेदारी लगायतका विभिन्न क्षेत्रमा गरिरहेका अध्ययनका लागि सो समुह र उद्योग वाणिज्य महासंघबीच संस्थागत गर्ने सम्वन्धमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

संझौतापत्रमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं १ का तर्फबाट अध्यक्ष टिकाराज ढकाल र द एशिया फाउण्डेशनका तर्फबाट कार्यक्रम व्यवस्थापक आश्रय पाण्डेले हस्ताक्षर गर्नुभयो । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द पोख्रेलले आर्थिक विकास र बृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो । उहाँले प्रदेश नं १ को आर्थिक बृद्धिका लागि लगानी प्रवद्र्धनमा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले लगानी गर्ने, रोजगारी दिने, राजस्व तिर्ने र मुनाफालाई पुनःलगानी गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि निजी क्षेत्रले लगानी र उद्योग व्यवसाय गर्नका लागि उपयुक्त वातावरण नपाएको धारणा व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा समझदारी पत्रअनुसार प्रदेशको व्यवासायिक पाश्र्वचित्र निर्माणका लागि सहयोग समुहले नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ लाई सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । प्रस्तावित पाश्र्वचित्रमा प्रदेश १ का कृषि, उद्योग र सेवा क्षेत्रको जिल्लागत रुपमा खण्डीकृत तत्थ्याङ्क समावेश हुने जानकारी दिइएको थियो । सो क्रममा बोल्दै प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले प्रदेशका विभिन्न जिल्लामा गर्न सकिने लगानीका क्षेत्र र उत्पादनको बजार सम्वन्धी तथ्यांङ्क समावेश गर्नु उपयुक्त हुने बताउनु भयो ।

उद्योग वाणिज्य संघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले प्रदेशमा लगानी प्रवद्र्धनका लागि लगानीकर्ता लाई लगानीका क्षेत्र पहिचानमा सहयोग गर्नेगरी पाश्र्वचित्र तयार गर्न लागिएको बताउनु भयो । उहाँले यसबाट निजी क्षेत्रका तर्फबाट सरकारसँग प्रभावकारी समन्वय र सम्बादका लागि समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्