केराबारीबाट आमाछोरी बेपत्ता

केराबारीबाट आमाछोरी बेपत्ता

विराटनगर । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीया छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ताहुनेमा २८ वर्षीया रिता चापागाईं फुयाल छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते आएकी थिइन् । त्यहि दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताएअनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।

लामो समय विदेशमा काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए । यद्यपी आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्