बाढीमा परी अफगानिस्तानमा १८ जनाको मृत्यु, ४० जना घाइते

बाढीमा परी अफगानिस्तानमा १८ जनाको मृत्यु, ४० जना घाइते

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज्यान गएको छ भने अन्य ११ जना घाइते भएका छन्।

अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण गत एक महिनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्