स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।”

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन ।

“आगो नियन्त्रणमा आइसकेको छ,” कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताउनुभयो ।

स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्