नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ ।
आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति सेप्टेम्बर २ र ५ तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ। रासस/एएफपी