इटहरी । सुनसरीमा रहेको बराह क्षेत्र मन्दिरको सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले मन्दिरलाई डस्टबिन उपलब्ध गराएको छ । मन्दिर क्षेत्रको सरसफाइलाई मध्यनजर गर्दै फोहर व्यवस्थापनमा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ इटहरीले १५ वटा डस्टबिन मन्दिरका लागि हस्तान्तरण गरिएको हो ।
बराहक्षेत्र मन्दिरमै एक कार्यक्रमको आयोजना गरी क्लबले मन्दिर क्षेत्रको सरसफाइमा सहयोग पु¥याउन डस्टबिन क्लबका अध्यक्ष संयोग पराजुलीले हस्तान्तरण गर्नुभयो । बराहक्षेत्र मन्दिरका मूल पुजारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । मन्दिर क्षेत्रको सरसफाइमा सहयोग पु¥याउने डस्टविन वितरण गर्ने काम राम्रो भएको स्थानीयले भएको भन्दै स्थानीयले रोटरी क्लबको प्रशंसा गरेका छन् ।
मन्दिर क्षेत्रमा जथाभावी रुपमा आफूले प्रयोग गरेका सामानको खोल तथा अन्य सामान फाल्दा फोहरमैला हुनेतर्फ मध्यनजर गर्दै फोहरजन्य वस्तुहरू डस्टबिनमा फ्याक्दा फोहर नहुने र मन्दिर क्षेत्र सफा सुन्दर देखिनेतर्फ मध्यनजर गर्दै डस्टबिन वितरण गरिइएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । रोटरी क्लब अफ इटहरी २५ वर्षअघि स्थापना भएर इटहरी तथा आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायत क्षेत्रमा काम गर्दै आएको छ । रासस