क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ ।

एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार तीन सय ६१ वटा हत्याका घटना अभिलेख भएका थिए । त्यसअघिको वर्ष एक सय ५० वटा त्यस्ता घटना भएका थिए । सन् २०२१ मा हत्याका तीन चौथाई घटनामा बन्दुकको प्रयोग भएको थियो । गत वर्ष ज्यान गुमाएका करिब आधा व्यक्ति दक्षिण अमेरिकीमूलका थिए भने करिब ३० प्रतिशत अश्वेत थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्