झापामा पौडी खेल्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु

<span class='c1'>झापामा पौडी खेल्ने क्रममा खोलाले</span> <span class='c2'>बगाएर १ जनाको मृत्यु</span>

विराटनगर । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ ।

सोमबार अपरान्ह करिब ४:३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानीयहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्