इटहरी रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता हुने

<span class='c1'>इटहरी रङ्गशालामा प्रदेशस्तरीय</span> <span class='c2'>प्रतियोगिता हुने</span>

इटहरी । राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता नजिकिँदै गएपछि इटहरी रङ्गशालामा तयारी सुरु गरिएको छ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरीमा रहेको रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको इटहरी रङ्गशालामा प्रतियोगिता हुने भएपछि घाँस हटाउने तथा रङ्गशालाको मर्मतसम्भारलगायतका काम सुरु गरिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्ममा गण्डकी प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरी रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिताको यही भदौ २४ गते उद्घाटन हुँदैछ । प्रदेशस्तरीय प्रतियोगिताको उद्घाटनसहित धेरै खेलकुद प्रतियोगिता आयोजना हुने इटहरी रङ्गशालामा सरसफाइदेखि अन्य तयारीका काम गर्न थालिएको जिल्ला खेलकुद विकास समिति सुनसरीका पूर्वाध्यक्ष अनुरोध थापाले बताउनुभयो ।

इटहरीमा मात्र नभई प्रदेश १ का अन्य स्थानमा रहेको रङ्गशालामा पनि राष्ट्रिय प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएकाले मर्मतको काम सुरु गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार विष्टले जानकारी दिनुभयो । इटहरी रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरै खेलको प्रतिस्पर्धा आयोजना गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्