केराबारीकाे हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवी एकजनाको मृत्यु

केराबारीकाे हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवी एकजनाको मृत्यु

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्