मिस कोशीको फाइनलमा २६ जना

मिस कोशीको फाइनलमा २६ जना

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् ।

फाइनलमा छनौट भएकाहरूमा सम्झना बस्नेत, सोनिया राई¬ ओखलढुंगा), नुमाफुङ लिम्बु, मुना लिम्बु, अपसनी राई ( धनकुटा), शिला गहतराज, स्मृति लामा तामाङ(मोरङ लेटाङ), ऐश्वर्या कुमारी सिंह ( सिरहा), सानी खातुन ‘नेहा’ (महोत्तरी), बबिता राय, निरिछा मण्डल (विराटनगर), श्रुती कुमारी उराव –इनरुवा) छन् ।

यस्तै चाँदनी राई (खोटाङ), सपना राई (भोजपुर), गीता लिम्बु निरुता राई, तृप्ता राई, ईशु मगर (धरान), विनीता लिम्बु हाङमा (तेह्रथुम), भावना राई (सुनसरी रामधुनी), सफायर राई (सुन्दरहरैचा), समीक्षा श्रेष्ठ (भोजपुर), प्रतिभा थापा एलिना, दिया घिमिरे ( इटहरी), सिर्जना लुइँटेल (दुहबी) र दिब्यानी चौधरी (सप्तरी) रहेका छन् ।

फाइनलमा छनौट भएका किशोरीहरू बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । सातौँ संस्करणको मिस कोशी भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।
प्रतियोगिताको फाइनल असोजमा हुने बताइएको छ । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्