‘पन्ध्र लाख श्रीलङ्कालीलाई खाद्य सहयोग आवश्यक छ’

‘पन्ध्र लाख श्रीलङ्कालीलाई खाद्य सहयोग आवश्यक छ’

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलङ्कालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ ।

अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्युएफपीले आज एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ ।

डब्ल्युएफपीले देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलङ्कालीलाई विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्