विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ ।
बिहिबार बिहान करिब १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल