अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जानकारी दिएको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामुहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो ।
अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रुपमा प्रयास गरेका छन् ।
सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताउनुभएको हो ।
केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उहाँले बिहीबार भन्नुभयो– यो सुधार अफ्रिकी देशहरुको सामूहिक प्रयासको प्रतिफल हो ।
यसका साथै यी देशहरुले नागरिक समाजका विभिन्न संघ सङ्गठनहरुको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्नका लागि शान्ति सेनाको पनि परिचालन गरिएको छ ।
यी प्रयासहरु अफ्रिकी देशहरुले सामूहिक रुपमा गरिरहेका र नागरिक संघसंस्थाहरुलाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा