आईएस कार्यकर्ता मारिए

आईएस कार्यकर्ता मारिए

अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ ।

आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

बख्तर समाचार समितिका अनुसार कारबाहीस्थलबाट भारी मात्रामा गोलाबारूद बरामद गरिएको छ । कारबाहीका क्रममा सुरक्षा बलका सदस्यमा कुनै क्षति भएको छैन । यद्यपि पूर्ण विवरण प्राप्त भएको छैन ।

निजी क्षेत्रबाट सञ्चालित एउटा टेलिभिजन च्यानलले भने मारिएका व्यक्तिको परिचय आईएसका गभर्नरका रूप दिँदै कारबाहीका क्रममा अन्य तीन जना पक्राउ परेका जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्