राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक : अध्यक्ष ओली

<span class='c1'>राजनीतिसँगै आर्थिक रुपान्तरण आवश्यक</span> <span class='c2'>: अध्यक्ष ओली</span>

गौरादह । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले उद्यमशिलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गर्नुभयो ।

झापाको गौरीगञ्जमा आज भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताउनुभयो । “देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नु पर्छ, सीमावर्ती शहरलाई स्मार्ट सिटिका रुपमा विकास गर्नपर्छ । ”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकरण गरिनुपर्ने बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्