आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

इनरुवा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।

सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्