विराटनगर । सुनसरीको दुहवी नगरपालिका-७ भलुवा चोकमा शनिवार सिटी सफारीले ठक्कर दिदा स्थानीय ५ बर्षीया बालिकाको मृत्यु भएको छ ।
दक्षिणबाट उतर तर्फ जादै गरेको प्र०१-०२००२ ह ८४९८ नम्बरको सिटि सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा विराटनर्सिंङ होम विराटनगरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
फोटो:फाइल