विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अबैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङले नियन्त्रित लागूऔषध आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचना आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले स्पासेन-९४० ट्याब्लेट र ट्रामाडोल-९१० ट्याब्लेट बरामद गरेको छ ।
अबैध औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल