एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज केन्यासँग अन्तिम खेल खेल्दै

<span class='c1'>एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज</span> <span class='c2'>केन्यासँग अन्तिम खेल खेल्दै</span>

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज केन्यासँग अन्तिम खेल खेल्दैछ । नैरोबीस्थित जिमखान क्लब क्रिकेट मैदानमा खेल दिउँसो पौने एक बजे सुरु हुने छ ।

सुरुवाती दुई खेल लगातार जितेर सिरिजमा कब्जा जमाइसकेको नेपाल अन्तिम खेल जितेर क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । पहिलो एकदिवसीयमा सात विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले पराजित गरेको थियो ।

नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले व्यक्तिगत रुपमा सानदार प्रदर्शन गर्दै आफ्नो्े कप्तानीमा पहिलो एकदिवसीय सिरिज पनि जिताएका छन् ।

नेपालले एकदिवसीय सिरिजअघि खलेको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि केन्यालाई ३–२ ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्