खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार बेलुका करिब ५:३० बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दिक्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा विद्युत्को पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।
घाईते राईको स्थानीय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा नै मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल