विहारमा डुङ्गा डुब्दा दश जना बेपत्ता

<span class='c1'>विहारमा डुङ्गा डुब्दा</span> <span class='c2'>दश जना बेपत्ता</span>

पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन् ।

हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् ।

भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन् ।

विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन् ।
रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्