विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा चोरी गर्ने समूह पक्राउ परेका छन् ।
आइतबार राति १० वजेको समयमा विद्यालयमा रहेको कम्प्युटर , खाजा तयार गर्ने भाँडाकुडा चोरीमा संलग्न कानेपोखरी–२ बस्ने वर्ष २० का अजय सरदार वडा नं ३ बस्ने वर्ष २८ का प्रदीप चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार इलाका प्रहरी कार्यालय पथरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले चोरहरुले विद्यालयमा रहेको तीन थान कमप्युटर, भाँडाकुँडा र बुफर चोरी गरी स्थानीय अर्जुन सरदारको घरमा लुकाइ रहेको अवस्थामा फेला परेको बताए ।
तस्बिर : कुमार खड्का/रासस