विराटनगर । लिम्बू विद्यार्थी मञ्च जनता बहुमुखी क्याम्पस शाखा समितीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार लिम्बू विद्यार्थी मञ्च केन्द्रीय उपमहासचीव प्रदिप नेयोङको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न गरिएको हो ।
जनता बहुमुखी क्याम्पसको सभाहलमा सोमबार सम्पन्न अधिवेशनबाट हेमराज योङहाङ (लिम्बू)लाई अध्यक्षमा सर्वसम्मतले चयन गरीएको छ । समितीको उपाध्यक्षमा धिरेन लिम्बू, उपाध्यक्षमा प्रीया लिम्बू, सचीवमा आरती नेम्बाङ, सह–सचीवमा नेत्र तुम्बाहाम्फे, कोषाध्यक्ष देवी खापुङ लगायत १३ सदस्यीय समिती निर्वाचित भएका छन् ।
लक्ष्मण लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा भोजपुर जिल्ला समन्वय समिती सदस्य चन्द्र किराती, लिम्बु विद्यार्थी मञ्च केन्द्रीय सदस्य इन्दिरा नेम्वाङ लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । यस्तै लिम्बु विद्यार्थी मञ्च जिल्ला समिति सुनसरी अध्यक्ष हरि इवाहाङ (लिम्बु) सचीव सञ्जोग हुक्पा चोङ्बाङ लिम्बु, जिल्ला सदस्य रमा वनेम लिम्बू, किरात राई विद्यार्थी संघ जनता क्याम्पस कमिटी कोषाध्यक्ष सुधन राई लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।