पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त

पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त

चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको बताएकाे छ ।आइतबार आयोजित एक समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् ।

यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइका ७ ओटा हिमालहरू चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरेका छन्, जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने छिन् ।

गोर्खाको आरुघाट– ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित छिन् । उनी पेसाले फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्