केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

<span class='c1'>केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय</span> <span class='c2'>क्रिकेट टोली स्वदेश फर्कियो</span>

केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् ।नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफुले कप्तानको भूमिकामा सबैै खेलाडीको साथ पाएको बताए ।

त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टीममा जोडिदा सुरुमा केहि कठिनाई भएपनि सन्तोषजनक खेल प्रदर्शन गरेको उनको भनाई छ ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्