कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ ।

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ । भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताउनुभएको हो । उहाँले भन्नुभएको छ– यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।

भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्ट्रीको मङ्गलबार कार दुर्घटनामा परेर निधन भएको थियो । भारतको मुम्बइमा उहाँको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियमको घोषणा गरेको हो । कार दुर्घटनाका क्रममा उहाँ आफ्नो कारको चालकसँगैको सिटमा बस्नुभएको थियो । तर उहाँले सिट बेल्ट भने बाँध्नुभएको थिएन ।

तर उहाँको पछि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिनुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्