झापा । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका-७ का रोशन राजवंशी रहेका छन् । उनीहरुलाई चोरी भएका मोवायल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो ।
चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।