भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।

बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हजार पाँच छ सय ४६ जना नयाँ सङ्क्रमित थपिएका जनाइएको छ । मङ्गलबार मध्यरातसम्म कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ३८ लाख ६४ हजार पाँच सय ५० पुगेकाछ ।

बुधबार कोरोना सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार तीन सय १३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

यसैबीच भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् । बुधबार मध्यरातसम्मको विवरणअनुसार छ हजार तीन सय ९५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । यो सँगै भारतमा चार करोड ४४ लाख ७८ हजार छ सय ३६ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

हाल भारतमा ५० हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार सात हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख दुई सय चार पुगेको छ । बुधबार कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार ९० जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यउसयता दुई अर्ब १४ करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ७० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

यसैबीच मलेसियामा बुधबार मध्यरातसम्म दुई हजार चार सय २८ जनामा कोभिड–१९ सङ्क्रममण पुष्टि भएको छ । बुधबार थपिएका नयँँ बिरामीसँगै देशभर चार करोड ७९ लाख सात हजार चार सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार थप सात जनाको कोभिड लागेर मृत्यु भएको छ । हालसम्म कोरोना लागेर मलेसियामा ३६ हजार दुई सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी न्युजिल्यान्डमा एक हजार छ सय ५३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्