युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

<span class='c1'>युक्रेन द्वन्द्वको असर युरोपमा मात्र</span> <span class='c2'>सीमित छैन : भारत</span>

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ ।

सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताउनुभयो ।

“भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी राख्नेछ ।

“युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन,” उहाँले बुधबार सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र ईन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामथ्र्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक छ ।”

रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमनलगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ ।

भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ । भारतले हालै युक्रेनलाई मानवीय सहायताको बाह्रौं खेप पठाएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्