बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाकाे निधन भएको छ ।

महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्नेछन् । एजेन्सी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्