एकाबिहानै सन्दिपले सामाजिक संजालमा लेखे “म निर्दोष छु र कानुनमा पूर्ण विश्वास राख्छु”

एकाबिहानै सन्दिपले सामाजिक संजालमा लेखे “म निर्दोष छु र कानुनमा पूर्ण विश्वास राख्छु”

निलम्बित नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोपका विषयमा मुख खोलेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा सन्दीपले आफू निर्देष रहेको र निराधार आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।

“म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु,’’ सन्दीपले लेखेका छन्, ‘‘यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु । यसमा संलग्न सबैमाथि सही छानबिन होस् । र, निर्दोषलाई न्याय मिलोस् । कानुनले सबैलाई समान रूपमा व्यवहार गर्ने आशा छ ।’’

सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिजमा छन् । एक १७ वर्षीया किशोरीले सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । किशोरीले भदौ ५ गते राती सन्दीपले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन् । उनले गत मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।

बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । साथै नेपाल क्रिकेट संघ (क्यानं) ले पनि सन्दीपलाई शुक्रबार नै राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्