झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापा । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको छ ।

उहाँ नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित हुनुभएको हो । इजरालबाट फर्केर व्यावसायिक कृषि उद्यमी बनेका उहाँसगै बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट किसान सम्मानित हुनुभएको छ ।

इजरायलबाट फर्किएपछि बस्नेतले विसं २०७६ मा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेतीको सुरुआत गर्नुभएको थियो । उहाँले हाल २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी नाइन र रातो केराको खेती गर्दै आएको बताउनुभयो ।

“पुरस्कार पाइन्छ भनेर काम गरेको थिइनँ”, उहाँले भन्नुभयो, “आफू पनि स्थानीय क्षेत्रमै व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिने उद्देश्यले केराखेती गरेको आज पुरस्कृत भएँ, खुसीको सीमा छैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्