पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ को मृत्यु

<span class='c1'>पाकिस्तानमा बाढी पहिरोबाट थप</span> <span class='c2'>३६ को मृत्यु</span>

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेक जनाएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी सिन्ध प्रान्त प्रभावित भएको छ । पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन् । अर्का एक जनाको भने पाख्तुन्खवा प्रान्तमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार छ सय ५२ घर क्षतिग्रस्त भएका छन् । योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन् । त्यसैगरी एक हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ । अरु १२ हजार सात सय २२ जना घाइते भएका छन् ।

पाकिस्तानमा गत मध्य जुनदेखि सुरु भएको मनसुनसँगै आएको बर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ । बाढी पहिरोका कारण प्रभावित भएका मध्ये एक लाख ७७ हजार दुई ६५ जनालाई उद्धार गरिएको छ भने अरु छ लाख ६३ हजार आठ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्